१० असार २०८३, बुधबार

अब उपत्यकावासीले मुख छोपेर हिँड्न नपर्ने !

फागुन ६, २०७४
अब उपत्यकावासीले मुख छोपेर हिँड्न नपर्ने !

काठमाडौं, ६ फागुन- काठमाडौं उपत्यकामा दिनानुदिन वायु प्रदूषण बढ्दो छ । सवारीसाधनमा यात्रा गर्दा होस् वा पैदल यात्रामा, सबैले मुख छोपेर हिँड्नुपर्ने बाध्यता छ । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले भने उपत्यकावासीले यो समस्या अब धेरै दिन बेहोर्नुनपर्ने बताएका छन् ।

वायु प्रदूषणका कारण अनुहार छोपेर हिँड्नुपर्ने काठमाडौं उपत्यकालाई मुख नछोपी हिँड्ने बनाउन आफू लाग्ने नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री पण्डितले प्रतिबद्धता व्यक्त गरेका छन् । उपत्यकामा बढ्दो प्रदूषणको कारण पहिचान गरेर त्यसलाई रोक्ने योजनासहित आफू राजधानी सहरलाई स्वच्छ वातावरण बनाउन लागिपर्ने उनको भनाइ छ ।

विश्वका राजधानी सहरको तुलनामा काठमाडौं अत्यधिक प्रदूषित सहरका रूपमा चिनिएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पण्डितले प्रदूषणका कारणहरू पहिल्याएर त्यसलाई निर्मूल पारेरै छाड्ने प्रतिबद्धता जनाएका हुन्, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्