२८ असार २०८३, आइतबार

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं, ६ फागुन– नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेतामा चयन गरेको हो । 

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता, सरकार गठनलगायत समसामयिक विषयमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताका बारेमा ब्रिफिङ गरेका थिए ।

एमालेसँगको एकताबारे आइतबार शीर्ष नेताबीच छलफल हुने र भ्याएमा एकता संयोजन समिति बैठक बस्ने जानकारी उनले बैठकमा राखेका थिए । माओवादीले पार्टी एकता, सरकार गठनलगायत विषयमा प्याकेजमा सहमति हुनुपर्ने माग गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्