०२ असार २०८३, मंगलबार

मध्यमर्स्याङदी मर्मतका लागि बन्द, लोडसेडिङ हुन नदिने कुलमानको भनाइ

मध्यमर्स्याङदी मर्मतका लागि बन्द, लोडसेडिङ हुन नदिने कुलमानको भनाइ

लमजुङ, ६ फागुन– ७० मेगावाट क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि सातदेखि दश दिन बन्द हुने भएको छ । 

केन्द्रको बाँधको वायाँ तर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतकालागि १० फागुनबाट बन्द गर्न लागिएको हो । 

मध्यमस्र्याङदीको विद्युत उत्पादन बन्द भएपनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानघिसिङले बताए । तर यसका कारणले प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहीकतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पारे ।

उनले भने ,‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं ।’ उनका अनुसार, कुलेखानी जलाशयमा पानीको सतह १५२१.९८.मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ं.८३ मिटर बढी हो । 

कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत उत्पादन हुन्छ । मध्यमस्र्याङदीको बाँधको वायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षतिपुगेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्