
काठमाडौं, ६ फागुन–पार्टीं एकताका विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार विहान छलफल गर्ने तयारी थियो ।
विहान संसदीय दलको बैठक सकिएसँगै ओलीलाई भेटन निस्किएका प्रचण्डलाई व्यस्तताका कारण भन्दै ओलीले भेट दिएनन् । ओलीले समय मिल्ने वित्तिकै प्रचण्डसँग भेटवार्ता गर्ने ओलीको सचिवालयले जनाएको छ ।
दुई अध्यक्षबीच छलफल भएपछि एकता संयोजनक समितिको बैठक बस्ने र त्यसले पार्टी एकताबारे निर्णय गर्ने भनिएपनि संयोजन समितिको बैठक स्थगित भएको छ ।
शनिवार ओली र प्रचण्डबीचको करिब १ घण्टा वान टु वान वार्ता भएको थियो ।