१४ असार २०८३, आइतबार

प्रचण्डले दिए सांसदहरुलाई यस्तो निर्देशन

प्रचण्डले दिए सांसदहरुलाई यस्तो निर्देशन

काठमाडौं, ६ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी समाज र समृद्ध नेपालका पक्षमा भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले माओवादी परम्परवादी संसदीय दल नभएको, अरु देशका संसदीय व्यवस्था र हाम्रो संसदीय व्यवस्था फरक रहेको भन्दै यस्तो निर्देशन दिएका हुन् । 

संसदीय मोर्चालाई समेत युद्धकै एउटा स्वरुपका रुपमा लिएर भूमिका खेल्नु पर्नेमा प्रचण्डको जोड छ । उनले भने, “यो जनताका पक्षमा रक्तपातविहिन युद्ध हो, यसलाई खाली परम्परावादी संसदको रुपमा नलिनुहोला, जनताले हामीबाट परिवर्तनका पक्षमा धेरै आशा गरेका छन्, त्यही अनुरुप भूमिका निर्वाह गर्नुहोला ।”

बैठकमा समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्