
काठमाडौं, ९ फागुन — यो कथा मोरक्कोका राजाको हो । त्यहाँका राजा मोहम्मदले सन् १९९९ मा आफ्ना पिता हसनको मृत्युपछि राजगद्दी सम्हालेका थिए ।
उनले एक निजी पार्टीमा एक सामान्य युवतीलाई मन पराएका थिए ।
राजा मोहम्मदले आफ्नी भविष्यकी पत्नी सलमालाई निजी पार्टीमा भेटेर मन पराउन थालेका हुन् ।
राजाले सलमासँग बिहेको घोषणा गर्दा उनी सामान्य व्यक्ति थिइन् ।
सन् २००२ को २१ मार्चमा उनीहरूका बीचमा बिहे भयो र सलमालाई शाही परिवारको सदस्यका रूपमा लला पद दिइयो ।
लला सलमा एक साधारण शिक्षकको घरमा जन्मेकी थिइन् । उनको परिवारले उनको नाम सलमा बेनानी राखेकी थिइन् ।
मोहम्मदले उनको भेटघाट हुँदा उनी पढाइपछि सूचना इन्जिनियरका रूपमा काम गरिरहेकी थिइन् ।
अहिले महारानी लला सलमा देशको सबभन्दा ठूलो होल्डिङ कम्पनीकी मालिक्नी हुन् ।
राजाको कम्पनीमा सलमा लगानीकर्ताको भूमिकामा छिन् ।
उनका दुई बच्चा छन् । दिमाग, सुन्दरता र पैसा तीनैका लागि उनी प्रसिद्ध छन् ।
सन् २०१४ को फोर्ब्स पत्रिकामा छापिएको आँकडाअनुसार, राजा मोहम्मदसँग २.१ अर्ब डलर छ ।
एजेन्सी