२७ जेठ २०८३, बुधबार

कांग्रेस–कम्युनिस्टलाई कोकाकोला–पेप्सी भन्दै बाबुरामले भने, ‘हामीले नयाँ पेय पदार्थ दिनुपर्छ’

कांग्रेस–कम्युनिस्टलाई कोकाकोला–पेप्सी भन्दै बाबुरामले भने,  ‘हामीले नयाँ पेय पदार्थ दिनुपर्छ’

रुपन्देही ९ फागुन–नयाँ शक्ति पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले भर्खरै सम्पन्न चुनावमा पूराना राजनीतिक शक्तिहरुले जीत हासिल गरेपनि उनीहरुले देशलाई निकाश दिन नसक्ने दावी गरेका छन् । केही वर्ष सत्तामा हालीमुहाली गरे पनि उनीहरुले मुलुकलाई दुर्घटनामा पार्ने खतरा रहेको उनले दावी गरे ।

‘डाक्टरले मात्र क्यान्सर देखेको हुन्छ, सामान्य आँखाले देख्न सक्दैन । मैले देखिरहेको छु यी दलले मुलुकलाई पार लगाउँदैनन्,’ रुपन्देहीमा शुरु भएको नयाँ शक्ति नेपालको संघीय परिषद्को विस्तारित बैठकलाई बुधवार सम्वोधन गर्दै नेता भट्टराइले भने । 

भट्टराईले एमाले र माओवादी केन्द्रको एकताप्रति संकेत गर्दै कम्युनिस्टको पुरानो खोल ओढेकाहरु चक्रपथमा घुमे पनि कहिँ नपुग्ने दावी गरे । ‘देशमा कांग्रेस र कम्युनिष्ट कोकाकोला र पेप्सीजस्ता ब्राण्ड बनेर बसेका छन् । कोकाकोला या पेस्पी कुनैले पनि मानव शरीरलाई हित गर्दैन’ भट्टराईले भने, ‘हामीले जनतालाई हित हुने नयाँ पेश पदार्थ दिनुपर्छ ।’

भट्टराईले कांग्रेस र कम्युनिष्टको सट्टा नयाँ बिचार सहितको तेस्रो धुर्व खडा गर्ने बताए । 

बुद्धसंग गरे तुलना 

नेता भट्टराईले सही विचार लिनेहरु कहिलेकाहीं एक्लै पर्ने गरेको गुनासो गरे । ‘गौतम बुद्ध पनि ६ जनाको टोली बनाएर ध्यानमा बसेका थिए, ५ जनाले छाडेपछि उनी एक्लै भए। आफ्ना पिता राजाले नौ पटक बोलाउँदा पनि उनी गएनन् बरु दूतलाई नै आफ्नो विचारमा सहमत गराए,’ भट्टराइले भने, ‘पुराना शक्तिबाट हामीलाई पनि नबोलाइएको होइन, तर हामी लोभमा फस्दैनौ ।’

उनले छिटो सत्तामा पुगिन्छ भन्ने सोचले पार्टीका केही नेता पलायन भएको टिप्पणी गरे । ‘आफूलाई क्रान्तिकारी भन्नेरु कमिसनखोरसँग भोजभतेर गरेका छन्’ भट्टराइले भने । 

फागुन १२ गतेसम्म चल्ने परिषद् बैठकले पार्टीको भावी रणनीति बनाउने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्