२७ जेठ २०८३, बुधबार

लागुऔषधसहित १६ जना पक्राउ

जेठ २७, २०८३
काठमाडौं
लागुऔषधसहित १६ जना पक्राउ

प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौंबाट दुई/दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक/एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूका साथबाट लागुऔषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्