११ साउन २०८३, सोमबार

प्रदेश ६ को संसद बैठक बस्दै नबसी स्थगित

प्रदेश ६ को संसद बैठक बस्दै नबसी स्थगित

सुर्खेत, ९ फागुन– प्रदेश नम्बर ६ को संसद वैठक बस्दै नबसी स्थगित भएको छ । राजनीतिक दलबीचको सहमतिमै वेठक १२ गतेका लागि सारिएको सभामुख राजबहादुर शाहीले बताए । 

‘आजको बैठकका लागि एजेण्डा छनौट भएन, प्रस्ताव तयार भएनन्, विजनेश भएनन् । सबै दलको सहमतिमा सूचना टाँस गरि वैठक स्थगित गरिएको हो,’ सभामुख शाहीले लोकान्तरसँग भने । 
 
यता, संसद नियमावली मस्यौदा समितिको बैठक सम्पन्न भएको छ । समितिका ज्येष्ठ सदस्य यज्ञ बिसीको अध्यक्षतामा बसेको बैठकले नियमावली मस्यौदा समितिको संयोजकमा सीता नेपाली चयन गर्यो । समितिले आगामी १५ दिनभित्र संसदको नियमावली बनाउनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्