०४ असार २०८३, बिहीबार

शक्तिको आडमा धन्दा चम्काउने गुन्डाको शृंखलाबद्ध अवसान–इन्काउन्टरमाथि शंका

फागुन १०, २०७४
शक्तिको आडमा धन्दा चम्काउने गुन्डाको शृंखलाबद्ध अवसान–इन्काउन्टरमाथि शंका

काठमाडौं, १० फागुन– शक्तिको आडमा धन्दा चम्काउने उद्देश्यले नेतासँग नजिकिएका गुन्डाको शृंखलाबद्ध अवसान भएको छ । चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने ।

राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको पुष्टि भए पनि उनी पक्राउ परेनन् । शक्ति बढेको आत्मविश्वासमा चरीले पार्टीकै नेताहरूलाई समेत धम्क्याउन थालेका थिए । पछि एमालेकै नेता वामदेव गौतम गृहमन्त्री रहेका वेला २१ साउन ०७१ मा प्रहरीले उनलाई ‘इन्काउन्टर’मा मार्यो । 

राजनीतिक संरक्षणले घैँटेको व्यवसाय जोगियो, ज्यान जोगिएन
काठमाडौं नयाँ बजारका स्थानीय कुमार घैँटे कांग्रेसी नेताहरूको छत्रछायामा हुर्किएका डन थिए । निर्माण व्यवसायीका अनुसार कांग्रेसका जगदीश्वरनरसिंह केसीको परिवार र कुमार घैँटे व्यावसायिक साझेदार नै थिए । 
घैँटे तरुण दलमा प्रवेश गरेर समाजसेवी पनि बनेका थिए । तर, उनले अपराध कर्म छाडेनन् ।

राजनीतिक आवरणमा उनले अपराध गतिविधि अझ मजबुत तुल्याए । अन्ततः घैँटे सामाखुसीस्थित निवासमै भएको प्रहरी इन्काउन्टरमा ३ भदौ ०७३ मा मारिए । प्रहरीका अनुसार सर्चमा गएको टोलीलाई उनले फायर खोलेका थिए । फेक इन्काउन्टर भएको भन्दै जगदीश्वरनरसिंह केसीले शिक्षण अस्पताल र संसद्मा समेत उत्तेजक भाषण गरेका थिए ।  तर, घैँटेलाई बचाउन ढिलो भइसकेको थियो । 

मनोज पुनको यात्रा स् माओवादी हुँदै एमाले, सम्बन्ध बिग्रिएपछि समापन
रुपन्देही देवदह–६ का हुन् मनोज बुढामगर । बालुवाको कारोबार गर्ने क्रममा उनी माओवादीको भ्रातृ संस्था वाइसिएलसँग नजिकिए । व्यवसाय अझ बढाउन एमाले प्रवेश गरेका उनी एमालेसम्बद्ध युवा संघ रुपन्देहीको कोषाध्यक्षसमेत बने । एमाले नेता विष्णु पौडेलको नाम लिएर उनले अपराध कर्म अझ बढाए ।

युवा संघ रुपन्देहीले कारबाही गरेपछि प्रतिशोध साँध्न ४ पुस ०७३ मा गोली हानी आफ्नै पूर्वअध्यक्ष दुर्गा तिवारीको हत्या गरे । तर, प्रहरीको पहुँचबाट टाढा भारतमा बसेर गिरोह चलाउन थालेका उनले २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गराए । 
यसबाट पनि सुरक्षित उनले लगत्तै २१ पुस ०७४ मा बुटवल देवदहकै फर्निचर व्यवसायी बलु भनिने वसन्त पौडेलकोे हत्या गरे । अन्तराष्ट्रिय डन बन्ने महत्त्वाकांक्षामा अन्धाधुन्ध अघि बढेका उनी बुधबार प्रहरी इन्काउन्टरमा मारिएका छन् ।


जेलमै ग्याङफाइटमा मारिए अर्का डन
चितवन कारागारमा एमालेनिकट चमेरे ग्याङसँग झडप हुँदा कांग्रेसनिकट कमिला ग्याङका शिवराज पौडेल मारिए । राजनीति र अपराधमा सँगसँगै हुर्किएका पौडेल नेपाल तरुण दलका तत्कालीन जिल्ला अध्यक्षसमेत थिए । मुख्य धन्दा ठेक्कापट्टाको थियो, तर चितवन केराबारीमा मारिएका सञ्जय लामाको हत्या अभियोगमा जेलमा थिए । 

तर, अदालती फैसला हुनुअघि नै २ पुस ०६८ मा उनी मारिए । उनको हत्याको विरोधमा कांग्रेस कार्यकर्ता सडकमा उत्रिए । नेपाल बन्दसमेत भयो । अन्ततः उनलाई कांग्रेसको बैठकले सहिद घोषणा नै र्गयो ।

बिहानै ३ बजे इन्काउन्टर स् मनोजलाई १२ गोली, सोमलाई १०
प्रहरीमाथि फायर भएपछि जवाफी कारबाहीमा मारिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) श्याम ज्ञवालीको भनाइ छ । मनोजलाई १२ र सोमलाई १० गोली लागेको थियो । देवदह नगरपालिका–४ भवानीपुरमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा घाइते पुन र आलेको उपचारका क्रममा साढे ५ बजे बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

इन्काउन्टरमाथि शंका
डन मारिएका तीनवटै इन्काउन्टरमा प्रहरकिो एउटै दावी छ, ‘प्रतिकारका लागि फायर खोलदा मारिए ।’ तर, तीनवटै इन्काउन्टर सन्देहमुक्त भने देखिँदैनन् । किनकि घटनामा प्रहरीको गोली अभियुक्तको शरीरभरि बर्सिएका देखिन्छन् तर, अभियुक्तको फायरले प्रहरीलाई छोएको पनि छैन । 
पुर्वएआइजी राजेन्द्रबहादुर सिंहले डनमाथि गरेको तीवटै इन्काउन्टरमाथि शंका गरे।  उनले भने, ‘प्रहरीले पछिल्ला दिनमा इन्काउन्टर भन्दै आपराधिक पृष्ठभूमिका केही संग्दिग्ध व्यक्ति मारेको छ । ’उनीहरु साँच्चै मार्नुपर्ने स्थिती आएर मारिएको हो या अरु नै कारणले मारिन पुगे, नयाँ पत्रिकामा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्