०५ असार २०८३, शुक्रबार

संसदको बैठक अगावै सांसदहरुको शपथ

फागुन १०, २०७४
संसदको बैठक अगावै सांसदहरुको शपथ

काठमाडौं, १० फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसद्को बैठक आह्वान गरेपछि संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ फागुन २० गते नै गराउने तयारी गरेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ एकै दिन तर फरक फरक समयमा गराउने गरी तयारी गरेको संसद् सचिवालयले जनाएको छ । कानुनअनुसार दुईटै सभाको शुरुको अध्यक्षता सम्बन्धित सभाका ज्येष्ठ सदस्यले गर्नेछन् । सांसदलाई शपथ गराउनुअघि दुवै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने हुन्छ ।

प्रतिनिधिसभा निर्वाचन ऐन र राष्ट्रियसभा निर्वाचन अध्यादेशको अनुसूचीमा शपथको व्यहोरासहित ढाँचाको व्यवस्था गरिएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ सदस्य छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्