
काठमाडौं १० फागुन–आकाक्षी धेरै भएपछि सरकारमा पठाउने मन्त्री छान्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई समस्या परेको छ । माओवादीले पाउने भनिएका ६ मन्त्रालयका लागि डेढ दर्जन आकाक्षी देखिएका छन् ।
मन्त्री बनाउन मागगर्दै नेताहरु प्रचण्डको निवास खुमलटारमा धाइरहेका छन् । मन्त्री बन्न महिला नेतृहरुले पनि दौडधुप र लविङ तीब्र बनाएका छन् ।
माओवादीका तर्फवाट प्रवक्ता समेत रहेकी पम्फा भुसाल, नेतृ विना मगर, अमृता थापा मगर, जयपुरी घर्ती लगायतले दावी गरेका छन् । विगतमा मन्त्री बन्दा भुसालले प्रभावकारी भूमिका निभाएकोले उनी दोहोरिने सम्भावना प्रवल छ ।
प्रचण्ड परिवारकी सदस्य बीना प्रदेश ७ बाट मन्त्री बन्ने सम्भावना प्रवल रहेको माओवादी स्रोतले बतायो । मंसिर २१ गते सम्पन्न निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचित भएकी थिइन् । विद्यार्थी राजनीति गरेकी बीना अहिलेसम्म लाभको पदमा गएकी छैनन् । बीना प्रचण्ड पुत्र स्व प्रकाश दाहालकी पत्नी पनि हुन् ।
मन्त्रीका लागि अमृता थापाले पनि दावी गरेकी छिन् । पहिलो संविधानसभामा प्राकृतिक स्रोत बांडफाट समितिको सभापति समेत रहेकी थापा मन्त्रीको आकाक्षी हुन् ।
झलनाथ खनाल सरकारमा केही दिन मन्त्री बनेकी जयपुरी घर्ती पनि मन्त्रीको लविङमा छिन् ।
शशी श्रेष्ठ, यसोदा सुवेदी गुरुङ, धर्मशीला चापागाइ, सत्या पहाडी, अन्जना विशंखे लगायतले मन्त्रीमा दावी गरेका छन् ।
माओवादीभित्र नयाँ लाई मन्त्री बन्ने अबसर दिनुपर्ने बहस चलेको छ । प्रत्यक्ष चुनाव जित्नेमा भुसाल, बीना र कमला रोका छन् ।
भुसालले ललितपुर ३, बीनाले कञ्चनपुर १ र रोकाले रुकुमवाट चुनाव जितेकी हुन् ।
३३ प्रतिसत सहभागिताका लागि यसपटक माओवादीले दुईजना महलिालाई मन्त्री बनाउने स्रोतको दावी छ ।
प्रधानमन्त्री केपी ओलीले माओवादी सांसदलाई सहभागि गराएर मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।