३१ जेठ २०८३, आइतबार

ट्रम्पका छोरालाई भारतमा धेर महत्त्व नदिन आग्रह

फागुन १०, २०७४
ट्रम्पका छोरालाई भारतमा धेर महत्त्व नदिन आग्रह

काठमाडौं, १० फागुन — अमेरिकामा डेमोक्रेटिक पार्टीका सिनेटर रोबर्टले भारतस्थित अमेरिकी राजदूतलाई एक पत्र लेखेका छन् । पत्रमा उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा ट्रम्प जुनियरका विषयमा चिन्ता जनाएका छन् । 

सिनेटरले पत्रमा लेखेअनुसार, भारतको व्यापारिक भ्रमणमा रहेका ट्रम्प जुनियरलाई विशेष व्यवहार गर्नुपर्दैन । उनको सुरक्षालाई मात्र विशेष महत्त्व दिए हुन्छ । 

शुक्रवार हुने व्यापारिक सम्मेलनका बेलामा ट्रम्प जुनियरले गर्ने भाषणका विषयमा पनि सिनेटरले चिन्ता जनाएका छन् । ट्रम्प जुनियरले बोल्दा कतै राष्ट्रपतिकै तर्फबाट बोल्ने त होइनन् भन्ने चिन्ता उनलाई छ ।

अहिले ट्रम्प जुनियरले नै पारिवारिक व्यापार चलाइरहेका छन् । उनी ट्रम्प अर्गनाइजेसनका कार्यकारी उपाध्यक्ष हुन् र यो संस्थाले देशका विभिन्न भागमा व्यापार बढाइरहेको छ । 

डेमोक्रेटिक सिनेटरले भारतीय राजदूतलाई लेखेको पत्रमा उल्लेख गरे, ‘दिल्लीमा रहेको अमेरिकी दूतावास र अमेरिकी स्टेट डिपार्टमेन्टले ट्रम्प जुनियरलाई सामान्य अमेरिकी नागरिक जस्तो व्यवहार गर्ने आशा मैले गरेको छु । उनी
निजी व्यापारिक बैठकका लागि भारत भ्रमणमा पुगेका हुन् ।’

त्यसो त ट्रम्प व्यवस्थापन आफैंले ट्रम्प जुनियर निजी व्यापारिक भ्रमणमा भारत आएको बताएको छ ।

एजेन्सी
 

 

salt training

कमेन्ट गर्नुहोस्