२३ जेठ २०८३, शनिबार

मोन्टेनिग्रोस्थित अमेरिकी दूतावासमा बम आक्रमण

फागुन १०, २०७४
मोन्टेनिग्रोस्थित अमेरिकी दूतावासमा बम आक्रमण

काठमाडौं, १० फागुन — युरोपेली देश मोन्टेनिग्रोको राजधानी पोडगोरिकास्थित अमेरिकी दूतावास परिसरमा आत्मघाती आक्रमण गरिएको छ । 

शंकास्पद आक्रमणकारीले ग्रिनेड फ्याँकेपछि आफैंलाई विस्फोट गरे । मोन्टेनिग्रो सरकारले बिहीवार यसको जानकारी दिएको छ । 

सरकारी ट्विटर ह्यान्डलमा यसको जानकारी दिइएको छ । त्यसमा लेखिएको छ, ‘मोन्टेनिग्रोको पोड्गोरिकास्थित अमेरिकी दूतावास भवनअघि एक अज्ञात व्यक्तिले विस्फोट गरेर आफैंलाई उडाए । त्यसको ठीक अघि उक्त व्यक्तिले एक विस्फोटक उपकरण फ्याँकेका थिए ।’
 

आक्रमणमा अन्य कुनै व्यक्ति हताहत भएको खबर छैन । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले दूतावास परिसरमा आक्रमणको पुष्टि गरेका छन् । दूतावासका कर्मचारीहरूले आक्रमणकारीको पहिचान गर्नका लागि प्रहरीलाई सहयोग गरिरहेको उनले बताए । 

नजिकैको खेलकुद केन्द्रका एक सुरक्षा गार्डले नाम नबताउने शर्तमा बताएअनुसार, एकपछि अर्को दुई विस्फोटका आवाज आएका थिए । प्रहरी तत्कालै आएर आक्रमणकारीको लाश उठाएर लग्यो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्