
काठमाडौं,१० फागुन- सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट देखिएको छ। नेप्से ० दशमलव १ अंक अर्थात ०।०१ प्रतिशतले घटेर १३८६ दशमलव९८ विन्दूमा बन्द भएको छ । नेप्सेमा १५७ कम्पनीको १० लाख ८६ हजार ४१ कित्ता शेयर ४२ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ।
शेयर बजार विहीबार १३८७ दशमलव १० अंकमा खुलेको थियो। कारोबार अवधिभर १३८२ दशमलव १३ विन्दूसम्म घटेको बजार सवा दुई बजे बढेर १३९५ अंक नाघेको थियो । तर अन्तिम समयमा बजार फेरि घटेर बन्द भएको हो ।
विहीबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सबैभन्दा धेरै ५ करोड ५० लाख रुपैयाँको किनबेच भएको थियो। दिनभरको कारोबारमा बोटलर्स नेपाल तराईको शेयर सबैभन्दा धेरै ३ ।दशमलव ९८ प्रतिशतले बढेको छ भने नागबेली लघुवित्तको शेयर ३ दशमलव ८३ प्रतिशतले घटेको छ।
कारोबार भएका उपसूचकमध्ये वाणिज्य बैंक, होटल, जलविद्युत, बिमा र लघुवित्त समूहको सूचक ओरालो लागेको छ। विकास बैंक, वित्त, उत्पादन र अन्य समूहको सूचक बढेको छ।