२५ जेठ २०८३, सोमबार

स्मार्टफोनको अत्यधिक प्रयोगले यस्ता रोग निम्त्याउँछ

फागुन १०, २०७४
स्मार्टफोनको अत्यधिक प्रयोगले यस्ता रोग निम्त्याउँछ

काठमाडौं, १० फागुन — आजकल स्मार्टफोन मानिसहरूको कुलत नै बनेको छ । स्मार्टफोनमा झुण्डिएर मानिस खानपिन समेत बिर्सन थालेका छन् । यसमार्फत संसारभरिको जानकारी त घरैमा बसेर पाइन्छ तर यसको अत्यधिक प्रयोगले स्वास्थ्यमा खराब असर पनि पार्छ । 

यहाँ हामी केही त्यस्ता बिरामीका बारेमा कुरा गर्दैछौं जुन तपाईंका लागि घातक पनि हुन सक्छन् । यी हुन् स्मार्टफोनको प्रयोगले गर्ने हानि । 

क्यान्सर र मुटुरोग
स्मार्टफोनबाट निस्कने खतरनाक रेडिएसनका कारण क्यान्सर तथा मुटुरोग हुन सक्छ । स्मार्टफोन आएदेखि हृदयघातको दर बढेको समेत पत्ता लागेको छ । 

अन्धोपन
चर्को उज्यालो भएको स्क्रीन र प्रविधि आँखाको ज्योतिका लागि खतरनाक हुन्छ । सानो फन्ट साइजका फाइलहरू पढ्ने गर्नुभएको छ भने तपाईं बिस्तारै अन्धो हुँदै जानुहुन्छ । यसको शुरूवातमा आँखाको चारैतर्फ गोला दानाहरू पानी बग्ने जस्ता लक्षण देखिन्छन् । 

बहिरोपन
स्मार्टफोनमा चर्को संगीत सुन्दा कानको जाली कमजोर हुँदै जान्छ । अनि त सुन्नै छोडिन्छ । 

झर्कोफर्को
स्मार्टफोनमा झुण्डिएका मानिसले परिवारसँग समय बिताउँदैनन् । स्मार्टफोन खेलाइरहँदा उनीहरूलाई अर्को काम अह्राइयो भने उनीहरू रिसाएर झर्किन थाल्छन् । स्मार्टफोनको लत लागेमा स्वभाव पनि झर्कोफर्को गर्ने खालको हुँदै जान्छ । 

नपुंसकता
स्मार्टफोनको रेडिएसनले पुरुषको टेस्टिस र अक्सिटोसिन हर्मोनलाई क्षति पु–याउँछ । अनि महिलामा रेडिएसले पिसाबको संक्रमण र गर्भाशय क्यान्सर पनि गराउँछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्