काठमाडौ १० फागुन– नेपालको आकर्षक जागिर मानिने नेपाल राष्ट्र बैंकले एकैपटक १ सय ५१ जनाको लागि दरखास्त आह्वान गरेको छ ।
राष्ट्र बैंकको जनशक्ति व्यबस्थापन विभागले बिहीवार एक सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।
बैंकले सहायक निर्देशक (अधिकृत तीतृय) तर्फ ४५, सहायक द्वितीय तर्फ ९६ र सूचना प्रविधि तर्फ सहायक १० जनागरी १ सय ५१ जनाको लागि दरखास्त आह्वान गरेको छ।
अनलाइन दरखास्त फाराम चैत्र १ गतेसम्म बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
सूचना हेर्न यो लिंक क्लिक गर्नुहोस्