०५ असार २०८३, शुक्रबार

माओवादी केन्द्रले मन्त्री छान्न सकेन, यी ३ नेता परे कारबाहीमा

फागुन १०, २०७४
माओवादी केन्द्रले मन्त्री छान्न सकेन, यी ३ नेता परे कारबाहीमा

काठमाडौं–नेकपा माओवादी केन्द्रले  नेताहरु विश्वभक्त दुलाल ‘आहुति’, लोकेन्द्र विष्टमगर र गोपाल किरातीलाई पार्टीको साधारण सदस्यपनि नरहने गरी निस्कासन गर्ने निर्णय गरेको छ | उनीहरुले एमालेसंगको पार्टी एकताको विरोध गर्दै आएका थिए |

माओवादी कार्यालय सदस्य मणि थापाले आजको बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग भएको सात बुँदे समझदारीको बारेमा सबै सदस्यहरुको धारणा मागेको थिए भने नेताहरुले सहमति सकारात्मक रहेको बताएका थिए । यस्तै बिष्ट, आहुती र किरातीले भने पार्टी एकता विरोधी गतिविधि गर्दै  हिडेकाले कारबाही गर्ने निर्णय गरिएको बताए |

यस्तै सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुको बारेमा आजको बैठकमा  छलफल भएपनि सहमति भएन  र बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष प्रचण्ड,नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको पनि थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्