
लहान, ११ फागुन– विप्लव समूहले चन्दा माग्दै फोन गर्न थालेपछि यहाँका व्यापारी आतंकित बन्न थालेका छन् । ‘विप्लव समूहको चन्दा आतंक’बाट हैरान बनेको उनीहरु बताउँछन् ।
जिल्ला उद्योग वाणिज्य संघ लहानका अध्यक्ष सुनील महतोले विप्लवले चन्दा माग्न थालेपछि व्यापारीहरु आतंकित बनेको बताए । लामो समयदेखि दैनिकजसो फोन गरेर विप्लवका कार्यकर्ता भन्दै चन्दा माग्ने गरेको उनले सुनाए ।
नेपाली नम्बरबाटै फोन गरेर चन्दा माग्ने गरेको उनको भनाइ छ । तराई–मधेसका भूमिगत समूहले पनि चन्दा माग्न थालेका छन् । यससँगै भूमिगत समूह बिस्तारै सक्रिय हुन थालेका छन् । सिरहाका एक व्यापारीले भने, ‘विप्लवमात्र होइन, मधेसमा भूमिगत जयकृष्ण गोइत समूहले पनि चन्दा आतंक जारी राखेको छ ।’ चन्दा नदिएपछि बम विस्फोट गराउने गरेको ती व्यापारीले दाबी गरे, अन्नपूर्ण पोस्टमा खबर छ।