
काठमाडौं, ११ फागुन– आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन । ओलीको जन्म तेह्रथुमको ईवा गा वि स मा २००८ सालमा भएको हो । उनी–स्व. मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन् ।
एमाले स्थायी कमिटी बैठकमा जन्मदिन मनाउने तयारी छ । आजको बैठक सुरु हुनुअघि केक काट्ने तयारी भएको हो ।
जन्म दिनलाई बिशेष बनाउन यही अवसरमा ओलीले एमाले तथा माओवादीका मन्त्रीहरुलाई शपथ खुवाउने सम्भावना पनि रहेको छ ।
सरकार विस्तारका बारेमा छलफल गर्न बैठक बस्न लागेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।