
नवलपरासी, ११ फागुन– नवलपरासीको सुनवल १२ हरकट्टामा भएको सडक दुर्घटनामा १५ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ ख १६०५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ८३ एटी ३९६६ नम्बरको ट्रक आपसमा ठोकिदा बसमा सवार १५ जना घाइते भएका हुन् ।
दुर्घटनामा ट्रकका चालक पनि घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । उनको भैरहवा र अन्य घाईतेको बुटवलमा उपचार भइरहेको छ ।