०४ असार २०८३, बिहीबार

मेलबर्नको सडकमा के आयो यस्तो, भयो भागाभाग !

फागुन ११, २०७४
मेलबर्नको सडकमा के आयो यस्तो, भयो भागाभाग !

काठमाडौं, ११ फागुन — अस्ट्रेलियाको मेलबर्न शहरको सडकमा शुक्रवार दिउँसो अचानक हलचल भयो । एउटा सानो सर्प गुडिरहेको कारमा ठोक्किएर घाइते भयो । 

बाटोमा हिँडिरहेका मानिस अचानक सर्प देखेपछि भागाभाग गर्न थाले । अत्यन्त व्यस्त सडकमा सर्प देखेपछि धेरैको सातो गयो । 

मेलबर्नको स्पेन्सर एन्ड कोलिन्स स्ट्रीटमा एउटा टाइगर स्नेकले हलचल मच्चायो । स्थानीय समयअनुसार लगभग पौने एक बजे घटना भएको थियो । 

ट्विटरमा सिटी अफ मेलबर्नले पोस्ट ग–यो, ‘कृपया कोलिन्स एन्ड स्पेन्सर स्ट्रीनजिक नजानुस् । हामी सर्प समात्ने प्रयास गरिरहेका छौं ।’ 

सर्प समात्ने गोल्डस्मिथले त्यसलाई काबुमा लिए । कारसँग ठोक्किएको सर्प धेरै घाइते भएको थियो । 

टाइगर स्नेकले टोक्यो भने एकदम छिटो मानिसको मृत्यु हुन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्