३१ जेठ २०८३, आइतबार

कांग्रेसले देशलाई कङ्गाल बनाएर सत्ता छाड्यो– गुरुङ

फागुन ११, २०७४
कांग्रेसले देशलाई कङ्गाल बनाएर सत्ता छाड्यो– गुरुङ

भक्तपुर, ११ फागुन– माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर काँग्रेसले सत्ता छाडेको आरोप लगाएका छन् । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन पछि पराजय भोगेको कामचलाउ सरकारले दुरगार्मी असर पार्ने निर्णय गर्दै देशलाई आर्थिक रुपमा कङ्गाल पारेको आरोप लगाए । उनले बिगतमा पाँच अरब भन्दा बढी रकम जम्मा हुने यो समयमा पनि एक अरब रकम घाटामा भएको उल्लेख गरे । 

गुरुङले आईतवारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताए । 

माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने र आफूलाई पार्टीले मन्त्री बनाए पाएको जिम्मेवारी पुरा गर्ने उनले बताए ।

अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने गुरुङले बताए । दलहरुबीच निषेधकोे राजनीतिकले तिब्रता पाएको उनको भनाइ थियो । उहाँले राष्ट्र र राष्ट्रियताको बिषयमा पक्षप्रतिपक्ष नभएर बामगठबन्धन र काँग्रेस एक ठाउँमा उभिने बताए ।

सरकारमा मधेशबादी दल समेत समाबेश हुन सक्ने वाताबरण तयार भइरहेको भन्दै उनले जनअपेक्षा र समयको माग अनुसार संबिधान संसोधन समेत गर्नं सकिने बताए । 

नेपालमा बैदेशिक हस्तक्षेप प्रत्यक्ष नभई आर्थिक हिसाबले तीब्र बढिरहेको प्रति संकेत गर्दै उनले बिदेशीले सरकारका हरेक निर्णय र नीतिहरु आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आइरहेकोले अबको सरकार यस बषियमा गम्भीर हुनुपर्ने बताए ।  देश संघियतामा प्रवेश गरिसेको र प्रान्तको आर्थिक भार धान्न अप्ठेरो अवस्था देखिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्