
काठमाण्डौ, ११ फागुन- टाटा मोटर्स एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रा.लि ले ग्राहकवर्गसँग अझ बढि नजिकिने प्रयासका रुपमा २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा स्थापना गरेको छ ।
बागडोलमा अवस्थित नयाँ सर्भिस सेन्टरबाट ग्राहकले हप्तामा ६ दिन बिहान ७ बजे देखि साँझ ५ः३० बजे सम्म सेवा प्राप्त गर्नेछन् । उक्त सर्भिस सेन्टर ७,७५० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । ग्राहक वर्गको आवश्यकता अनुसार कला कौशलले सुसज्जित सुक्ष्म रुपमा बिक्रि पछिको सेवा पूर्ण रुपले उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।
टाटा मोटर्सको नयाँ सर्भिस सेन्टर उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका ग्राहक सेवा प्रमुख सचिन सहानीले भने, “गाडीको व्यापारमा सेवा एकदमै महत्वपूर्ण तथा शक्तिशाली कुरा रहेछ, उत्कृष्ट सेवाको कारणले नै नेपाली ग्राहकवर्गको मन जित्न सफल भएका छौं । हाम्रो ब्राण्ड लाई एकदमै विश्वास गरिदिनु भएकोमा ग्राहकवर्ग तथा हाम्रो सहकर्मी सिप्रदी टे«डिङ प्रा.लि. प्रति आभार प्रकट गर्दछौं । ग्राहकवर्गको रोजाई र नयाँ सेवा सुविधा सहित बिक्रि पछि को सेवालाई महत्व दिएको कारणले बढ्दो उत्पादनले उत्कृष्टताको साथै जोखिम कम गर्नमा महत्व पु¥याउछ ।”
सोही समारोहमा बोल्दै सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, “यो देशमा नयाँ कला सिप प्रयोग गरि विश्वस्तिरीय सुबिधाको साथै ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी बढ्दै गएको व्यपारमा विश्वस्तिरीय सम्मानित ब्राण्ड टाटा मोटर्ससँग हातमा हात मिलाएर अघि बढ्न पाउँदा खुसी लागेको छ” ।
टाटा मोर्टस्का बारे
टाटा मोटर्स (वार्षिक)४२ अर्व डलरको कारोवार गर्ने अन्तराष्र्टि«य कम्पनीहो जसले कार, युटिलिटी गाडीहरु, वस, टक अनि सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र १०० अर्व डलरको कारोवार रहेको टाटा ग्रुपको एउटा हाँगा हो । सहायक कम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत., दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । वेलायतको स्थापितज्यागुअर ल्याण्डरोभर पनि टाटा मोटर्स अन्तरगत उत्पादन हुन्छ । अनियसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ ।
कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीय वजारमा नेतृत्वदायी भूमिकामा छ । पेसेञ्जर गाडीमाको विक्रीमा पनि टाटा अगाडि नै रहेको छ । यसका ९० लाखगाडीहरु भारतीय सडकमा गुडिरहेका छन् । कम्पनीले दिगो र उपयुक्त खालको अटोमोवाइल प्रविधिको आविस्कारमा ध्यान दिदै आएको छ । यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् । आगामी पुस्ताका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ ।
टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका,मध्यएसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्टेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा विक्री वितरण हुन्छ ।