२४ जेठ २०८३, आइतबार

स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रदसेयरको बिक्री प्रबन्धक एन आई सी क्यापिटल

फागुन ११, २०७४
स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रदसेयरको बिक्री प्रबन्धक एन आई सी क्यापिटल

काठमाडौं, ११ फागुन- स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११,५०,००० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबरमहललाई जिम्मा दिएको छ । विहीवारका दिन एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र  स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको एनआइसी क्यापिटलले जनाएको छ । एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्