काठमाडौं, ११ फागुन — चीनले भारतसँगको सिमानामा अत्याधुनिक हातहतियारसहितका सेना तैनाथ गरेको बताइएको छ ।
भविष्यमा हुनसक्ने सूचना प्रविधियुक्त युद्धलाई विचार गर्दै चीनले सैनिक खटाएको हो । चिनियाँ सेनाले विगत केही वर्षयता भन्दै आएको इन्फर्मेटाइज्ड वारफेयरले युद्धभूमिमा सूचना प्रविधि, डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स एप्लिकेसनलाई इंगित गर्छ ।
जनमुक्ति सेनाको स्काई वुल्फ कमान्डोजलाई क्युटीएस–११ प्रणालीमा प्रशिक्षित गरिएको चाइना सेन्ट्रल टेलिभिजनले जनायो ।
पश्चिमतर्फको युद्धभूमिको कमान्डले भारतसँगको तीन हजार ४८८ किलोमिटर लामो सीमाको सुरक्षा हेर्छ ।
चिनियाँ विशेषज्ञहरूका अनुसार, क्युटिएस–११ प्रणाली अमेरिकी सैनिकहरूले प्रयोग गर्ने जस्तै छ । यसले प्रत्येक सैनिकलाई असीम शक्ति दिन्छ । यसमा एउटा असल्ट राइफल र २० मिलिमिटर ग्रिनेड पनि हुन्छ र यसले एन्टीपर्सनल टार्गेटलाई ध्वस्त पार्न सक्छ ।
एजेन्सी