०५ असार २०८३, शुक्रबार

सोमालियामा आत्मघाती आक्रमण, १८ जनाको मृत्यु

फागुन १२, २०७४
सोमालियामा आत्मघाती आक्रमण, १८ जनाको मृत्यु

काठमाडौं, १२ फागुन– सोमालियाको राजधानी मोगादिशुमा भएका छुट्टाछुट्टै आत्मघाती बम विष्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ । राष्ट्रपतिको कार्यालय  र गुप्तचर विभाग परिसरमा आत्मघाती आक्रमण भएको हो ।  

आक्रमणमा दर्जनौं घाईते भएको बीबीसीले जनाएको छ । गुप्तचर विभागको परिसरमा भएको  विष्फोटमा स्थानीय इस्लामिक अतिवादी संगठन अल सवाबले  जिम्मा लिएको छ ।

प्रहरीको जवाफी कारबाहीमा अल सवावका ५ जना लडाकुहरु मारिएको सेनाको दाबी छ । यसअघि हिजो मात्रै आतंकवादी आक्रमणको सम्भावना बढेको भन्दै सोमालियाका रक्षा मन्त्रीले सतर्कता अपनाउन आग्रह गर्नुभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्