२३ जेठ २०८३, शनिबार

पनिरका यस्ता छन् फाइदै फाइदा

फागुन १२, २०७४
पनिरका यस्ता छन् फाइदै फाइदा

पनिरमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । यसका साथै यसबाट क्याल्सियम र भिटामिन डी पनि पाइन्छ, जसले ब्रेस्ट क्यान्सरबाट बचाउँछ ।

यसमा भएको भिटामिन ए, क्याल्सियम र जिंकले शरीरको हाड र दाँतलाई बलियो बनाउँछ ।

एक सय ग्राम पनिरमा ११  ग्राम प्रोटिन हुन्छ । त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी खाद्यपदार्थ हो ।

गर्भवती महिलाका लागि पनि यो निकै उपयोगी हुन्छ । किनकि, गर्भवती महिलाका लागि क्याल्सियम बढी जरुरी हुन्छ ।

पनिरले तौल घटाउनका लागि पनि मद्दत गर्छ ।

पनिरमा म्याग्नेसियम हुन्छ, जसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।

यसले पाचन प्रक्रियालाई स्वस्थ राख्छ र प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ ।

salt training

कमेन्ट गर्नुहोस्