०८ असार २०८३, सोमबार

प्रचण्डले भने–मन्त्रीहरुको शपथ सोमबार

फागुन १२, २०७४
प्रचण्डले भने–मन्त्रीहरुको शपथ सोमबार

चितवन, १२ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले सोमबार पूर्णता पाउने बताएका छन् । 

चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले सोमबार तीन बजे मन्त्रिहरुको शपथ ग्रहण हुने जानकारी दिएका हुन् । 

आज विहान मात्रै मेरो प्रधानमन्त्री ज्यूसँग कुरा भएको थियो, पर्सि तीनबजे शपथ हुन्छ र मन्त्रिमण्डलले पूर्णता पाउँछ ।’ प्रचण्डले भने,‘मन्त्रीहरुको नाम भोलि फाइनल हुन्छ ।’

प्रधानमन्त्रीले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेको खबरहरु सार्वजनिक भइरहदा माओवादी अध्यक्षले सोमबार मात्र मन्त्रिमण्डल विस्तार हुने बताएका हुन् । 

प्रचण्डले महत्वपूण समयमा नेपालमा नेताहरुमाथि घटना घटाइने गरिएको भन्दै सचेत बन्नु पर्ने बताए । उनले भने,‘ अहिले कम्युनिष्टहरुको एकता बनेको छ प्रतिक्रियावादी शक्तिहरु नेपालको इतिहासको खासखास बेलामा घटना घटाउने गरेका छन् त्यसकारण हेक्का सवैले राख्नुपर्छ ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्