२३ जेठ २०८३, शनिबार

६ नम्बर प्रदेशको नाम अब कर्णाली, राजधानी वीरेन्द्रनगर

फागुन १२, २०७४
६ नम्बर प्रदेशको नाम अब कर्णाली, राजधानी वीरेन्द्रनगर

सुर्खेत, १२ फागुन– ६ नम्बर प्रदेशको नाम कर्णाली प्रदेश हुने भएको छ । 

आज (शनिवार) बसेको प्रदेश सभाको चौथो बेठकले प्रदेशको नाम कर्णाली प्रदेश र राजधानी वीरेन्द्रनगर रहेने प्रस्ताव पारित गरेको छ । यससँगै प्रदेशको नामाकरण र राजधानी बारे निर्णय गर्ने ६ नम्बर प्रदेश पहिलो बनेको छ । 

शनिवारको संसद बैठकमा सभामुख राजबहादुर शाहीले एमाले नेता यामलाल कंडेलले पेश गरेको ‘कर्णाली प्रदेश र राजधानी सुर्खेत’ भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलले वैठकमा संवैधानिक व्यवस्था अनुरुप प्रदेशको भौगोलिक, पहिचान, सांस्कृतिक आधारमा प्रदेशको नाम कर्णाली प्रदेश राख्न निर्णयार्थ प्रस्ताव पेश गरेका थिए ।

उनले सबै दलहरुबीच छलफल र सहमतिका आधारमा यो प्रस्ताव तयार पारिएको बताए । उनको प्रस्तावलाई सभामुख राजबहादुर शाहीले संसदमा निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्तावको पक्षमा ३७ मत परेको थियो भने विपक्षमा कुनै मत परेन । 

 एमाले नेता कंडेलले प्रस्ताव गरेको  प्रदेशको नाम ‘कर्णाली’ लाई नेपाली कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले समर्थन जनाएका थिए । 

सत्तापक्षले राखेको प्रस्तावलाई प्रमुख प्रतिपक्षि दलले समेत सर्मथन गरेको हो ।  उनले यो प्रदेश अब आर्थिक गन्तव्य तर्फ अग्रसर भएको बताए । ‘भौगोलिक रुपमा विकट भएपनि हामीले हाम्रा प्राकृतिक स्रोत र साधनलाई प्रयोग गर्न सकेका छैनौं ।’ उनले भने, ‘विकास निर्माण, प्रजातन्त्रका कुरामा हामी पक्ष विपक्ष हुनेछैनौं ।’ यो ऐतिहासिक घडि भएको बताउँदै प्रदेशको नाम र राजधानी तोक्ने विषयमा हामीबीच असहमति  रहेको छैन  उनले भने । 

अर्का सांसद वीरबहादुर शाहीले पनि नेता कंडेलको उक्त प्रस्तावमा माथि सर्मथन जनाएका थिए ।

राप्रपा सांसद सोशिला शाहीले पनि नेता कंडेलले राखेको उक्त प्रस्तावमाथि सर्मथन जनाएकी थिईन । उनले प्रदेशको नाम कर्णाली प्रदेश हुनुपर्ने र राजधानी मौसमी बनाउनुपर्ने माग गरिन ।

सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव पेश भइसकेपछि छलफलका लागि सांसदहरुलाई समय दिए । छलफलमा सांसदहरु कौशिलावती खत्री,  सीता कुमारी नेपाली, सांसद हिमबहादुर शाही, दानसिंह परियार, पदमबहादुर रोकाया, कृष्णा शाहलगायतले सहभागिता जनाउदै सर्मथन जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्