२३ जेठ २०८३, शनिबार

सुर्खेत स्थायी राजधानी भएपछि स्थानीयमा खुसीयाली, ‘शहीदको सम्मान भयो’

फागुन १२, २०७४
सुर्खेत स्थायी राजधानी भएपछि स्थानीयमा खुसीयाली, ‘शहीदको सम्मान भयो’

सुर्खेत, १२ फागुन– यसअघिको ६ नम्बर प्रदेशको नाम कर्णाली राखिएको छ । र राजधानी सुर्खेतको वीरेन्द्रतगर तोकिएको छ । 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर तोकिएपछि स्थानीय वासी खुशी भएका छन् । प्रदेशको शनिबार बसेको पहिलो अधिेवसनको चौथो वैठकले सर्वसम्मत प्रदेशको स्थायी राजधानीको रुपमा वीरेन्द्रनगरलाई छनोट गरेको हो । 

प्रदेश राजधानी वीरेन्द्रनगर घोषणा भएसँगै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कान्छो प्रदेशका शहिदहरुको सपना साकार भएको बताए । उनले व्यत्तिगतरुपमा आफू खुशी भएको र हिजो प्रदेश स्थापना गर्नको लागि आफू पनि लागेकाले प्रदेश राजधानी तोकिनु गर्व महसुस भएको प्रतिक्रिया दिए । ‘प्रदेशसभाको यो निर्णयले महान शहीदप्रति उच्च सम्मान भएको मैले ठानेको छु ।’ 

उनका अनुसार विगतमा मध्यपश्चिम विकास क्षेत्रको राजधानी समेत भएको र अहिलेपनि मुलुक संघीयतामा गइसकेपछि राजधानी तोकिनु सुर्खेतवासीका लागि गौरवपूर्ण समाचार हो । 

प्रमुख सुवेदीले आगामी दिनमा प्रदेश सरकारसँग सहकार्य, समन्वय गर्दै नगरपालिकालाई पर्यावरण मैत्री, विकसित बनाउने बताए । ‘हामी प्रदेश राजधानीको नगरका जनप्रतिनिधि भएकैले हामीलाई केहि चुनौती त थपिएको नै छ ।’ उनले भने, ‘ती चुनौतिहरु समाधान गर्न प्रदेश सरकारसँग आवश्यक समन्वय गर्छौं ।’

यता, वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले प्रदेश राजधानी बनेसँगै नयाँ नयाँ सम्भावनाहरुको आगमन भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘प्रदेशको राजधानीले अब विकास, रोजगार, समुन्नती र समृद्धि ल्याउनेछ ।’ उनका अनुसार राजधानी भइसकेपछि वीरेन्द्रनगर नगरपालिकालाई पनि केहि चुनौत ीभने थपिएका छन् तर ती चुनौतिहरुको सामना गर्दै हामी अघि बढ्न तयार छौं ।’ उपप्रमुख ढकालले वीरेन्द्रनगर नगरपालिकालाई नै राजधानी तोकेकोमा सबै माननीयलाई हार्दिक बधाई समेत दिइन् ।

यस्तै, नेपाली काँग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले सुर्खेत राजधानी तोकिनु खुशीको कुरा भएको बताए । उनले जनताको भावना अनुरुप राजधानी तोकेकोमा हार्दिक बधाई समेत दिए । उनले अब प्रदेश सरकारले औधोगिक क्षेत्रकाु व्यवस्थापन, पर्यटकीय गन्तव्यको प्रचारप्रसार र व्यवस्थापन, जडिबुटीको प्रयोग जस्ता कार्यहरु गर्नुपर्ने बताए । उनले सुर्खेतमा राजधानी भएसँगै सम्भावनाहरुको ढोका खुलेको र संविधानको कार्यान्वयन भएको प्रतिक्रिया दिए ।सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतलाई राजधानी तोकिनु उपयुक्त निर्णय भएको बताए । उनले भने, ‘प्रदेश राजधानी बन्नु सबैलाई सुखद कुरा हो ।’ अब प्रदेश सरकारले  पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ यसका साथै प्रदेश सरकारले विमानस्थलको सुचारु गर्नुपर्ने,m नीजि क्षेत्रसँग सहकायृ गर्दै अघि बढ्नुपर्ने र लगानी मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । 

नेकपा एमालेका जिल्ला सचिव मोहनबहादुर बडुवालले राजधानी बनेसँगै नयाँ नयाँ अवसरहरु सिर्जना भएको बताए । ‘प्रदेशको राजधानी बन्नु हामी सुर्खेती जनताका लागि असाध्यै खुशीको खबर हो ।’ उनले कर्णाली प्रदेशमा राजधानीका रुपमा विवादमा नआई प्रदेश प्राप्तिको जनआन्दोलनको उदगम स्थललाई नै राजधानी बनाईनु सुर्खेती जनताकामे सम्मान भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्