
काठमाडौँ, १२ फागुन – आफ्नै सांसदले सुर्खेतलाई प्रदेश नम्बर ६ को राजधानी राख्न नहुने भन्दै मतदान गरपनि राप्रपाले भने खण्डन गरेको छ ।
आज प्रदेशको नाम र राजधानीका विषयमा भएको निर्णयका क्रममा राप्रपा सांसद सोशीला शाहीले राजधानी सुर्खेत हुने निर्णयको विपक्षमा मतदान गरेकी थिइन् ।
तर, राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदेश नं ६ को राजधानी सुर्खेत हुने राप्रपाको आधिकारिक धारणा भएको भन्दै प्रदेशसभाका सांसदलाई यसवारे पार्टीले ह्विप जारी नगरेको हुँदा शाहीले सुर्खेतको बिपक्षमा गरेको मतदान गर्नु उनको व्यक्तिगत धारणा भएको उल्लेख गरेका छन् ।
यद्यपी प्रदेश नम्बर–६ को नामाकरण कर्णाली हुनेबारेमा भने उनले पक्षमा मतदान गरेको बताइएको छ ।
राप्रपाले सुर्खेत राजधानी र प्रदेशको नाम कणार्ली राख्ने निर्णयको स्वागत गरेको छ ।