०७ असार २०८३, आइतबार

कानूनविपरित मन्त्रालय खारेजी र मर्ज, कार्यविभाजन नियमावली नहुँदा समस्या

फागुन १३, २०७४
कानूनविपरित मन्त्रालय खारेजी र मर्ज, कार्यविभाजन नियमावली नहुँदा समस्या

काठमाडौं, १३ फागुन– सरकारले विभिन्न ३० वटा मन्त्रालय खारेज गरेर १७ वटा बनाएपछि मात्रै कार्यविभाजन नियमावली निर्माणको गृहकार्य थालेको छ । 

सामान्यतः सरकारले मन्त्रालयका जिम्मेवारीसहितको कार्यविभाजन नियमावली बनाएपछि मात्रै मन्त्रालयको खारेजी र मर्ज गर्नुपर्ने कानूनी प्रावधान छ । 

प्रावधानविपरित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रालय खारेज र मर्ज गरेपछि कार्यविभाजन नियमावली बनाउने गृहकार्य थालेको छ । 

मन्त्रालय खारेजीको निर्णय र नयाँ कार्यविभाजन नियमावली एकै पटक स्वीकृत गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बताउछन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

कमेन्ट गर्नुहोस्