
काठमाडौँ, १४ फागुन-माओवादीमा प्रत्यक्ष निर्वाचन जितेका अधिकांश सांसद मन्त्री बन्न लबिङ गरिरहेका छन् । प्रत्यक्षतर्फ माओवादीले ३६ सिट जितेको थियो ।
माओवादीको भागमा सातवटा मन्त्रालय मात्रै परेका छन् । माओवादीले सबै प्रदेश, क्षेत्र, क्लस्टर र लिंगसमेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने निर्णय गरिसकेको छ ।
देउवा सरकारमा नगएका तथा यसअघि कम अवसर पाएकालाई प्राथमिकतामा राखिएको छ ।
बिहीबार पूर्वहेडक्वार्टर बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मा दिइएको थियो ।
रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी माओवादीमा छ ।
थापालाई उपप्रधानमन्त्रीसहित गृह वा अन्य कुनै मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउने गृहकार्य गरिएको छ ।
थापाबाहेक जनार्दन शर्मा, वर्षमान पुन, फम्फा भुसाल, मातृका यादव, लेखराज भट्ट, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, गिरिराजमणि पोखरेल, अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेल, हितबहादुर तामाङ, अमनलाल मोदी, विना मगर, जयपुरी घर्ती, अन्जना विसंखेलगायत मन्त्रीको चर्चामा छन्, नयाँ पत्रिकामा खबर छ ।