०४ असार २०८३, बिहीबार

सिरियामा युद्धविराम भएपनि बमवर्षाको क्रम जारी

फागुन १४, २०७४
सिरियामा युद्धविराम भएपनि बमवर्षाको क्रम जारी

काठमाडौं, १४ फागुन — संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शनिवार युद्धविराम प्रस्ताव पारित गरेको भएपनि सिरिया सरकारले विद्रोहीको कब्जामा रहेको क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ । 

राजधानी दमास्कसनजिकको पूर्वी गूतामा विगत एक हप्तादेखि भएको बमआक्रमणमा सयौं मानिस मारिएका छन् । 

राष्ट्रसंघले कुनै विलम्बविना ३० दिने युद्धविरामको आग्रह गरेको केही घण्टामा यी आक्रमणहरू भएका हुन् । 

आइतवार फ्रान्स र जर्मनीले रुसलाई सिरिया सरकामाथि युद्धविरामको सम्मान गर्नका लागि दबाब दिन आह्वान गरेका छन् । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संयुक्त टेलिफोन वार्तामा जर्मन चान्सलर अंगेला मर्कल र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रसंघीय प्रस्ताव कार्यान्वयन गर्न सहायताको आग्रह गरे । 

गूता विद्रोहीहरूको कब्जामा रहेको प्रमुख क्षेत्र हो । 

युद्धविराम प्रस्तावपछिको सरकारी हवाई आक्रमणमा परी कम्तीमा तीनजनाको मृत्यु भएको बताइएको छ भने पूर्वी गूतामा रहेको एक विद्रोही समूहले कैयौं सरकारी सेना मारेको भनेको छ । 

बीबीसीबाट


 

salt training

कमेन्ट गर्नुहोस्