०९ असार २०८३, मंगलबार

पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प, जापानको फुकुसिमा प्रान्तमा पनि भूकम्पको झट्का

फागुन १४, २०७४
पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प, जापानको फुकुसिमा प्रान्तमा पनि भूकम्पको झट्का

बेइजिङ, १४ फागुन -पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । 
सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै समाचार प्राप्त भएको छैन । 

त्यसैगरी प्राप्त अर्काे एक समाचारअनुसार जापानको फुकुसिमा प्रान्तमा केन्द्रबिन्दु रहेको ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । 

फुकुसिमा प्रान्तको तटीय क्षेत्रमा सो भूकम्प गएको भएतापनि हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन । 

जापानको उत्तरपूर्वी प्रान्त फुकुसिमामा गएको सो भूकम्प स्थानीय समयाअनुसार सोमाबार विहान सवेरै १ः२८ मा गएको थियो । 

जापानको भूकम्प मापन केन्द्रले पनि यस भूकम्पपछि सुनामीको चेतावनी दिएको छैन । यस भूकम्पको कम्पन पूर्वी जापानी राज्य मियाग, इबाराकी टोचिगी, गनमा र टोकियो छिमेकमा पर्ने चिबा र सैटामामा समेत महसूस गरिएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्