
काठमाडौं, १४ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै ७ सदस्यीय बनाएका छन् ।
सोमबार सरकारमा एमाले र माओवादीका गरी ४ मन्त्री थपिएका छन् ।
एमालेबाट ईश्वर पोखरेल रक्षामन्त्री र पूर्वगभर्नर युवराज खतिवडा अर्थमन्त्री तथा माओवादीबाट रामबहादुर थापा बादल गृहमन्त्री र मातृका यादव उद्योग मन्त्री बनेका छन् ।
सोमबार शपथ ग्रहण समारोहमा उपस्थित हुँदा एमाले मन्त्रीहरू दौरासुरुवालमा देखिए पनि माओवादी मन्त्रीहरुले फरक पोशाक लगाए ।
थापा कोटपाइन्ट तथा यादव मिथिलाञ्चलको मौलिक पहिचान झल्किने कुर्था पाइजामामा गम्छा भिरेर शपथमा सहभागी भए ।
पोखरेल र खतिवडा भने दौरासुरुवालमै सजिएका थिए ।