२४ जेठ २०८३, आइतबार

रेशम चौधरीले भने- संसद् भवनको ढोका बन्द भएको छैन

फागुन १५, २०७४
रेशम चौधरीले भने- संसद् भवनको ढोका बन्द भएको छैन

कैलाली, १५ फागुन- टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले साढे दुई वर्षपछि सोमबार बिहान कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । दिनभर चलेको बयान र बहसपछि अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्न आदेश दिएको छ ।
आजको नयाँ पत्रिका लेख्छ- अदालत परिसरमै उनले पत्रकारसँग कुराकानी गरेका थिए | सो क्रममा चौधरीले संसद्मा जाने ढोका बन्द नभएको बताए । कारागार चलान गरिनुअघि उनले भने, ‘यो नै अन्तिम फैसला होइन, त्यसैले मेरो संसद्मा जाने ढोका बन्द भएको छैन ।’ उनले अदालतप्रति भरोसा जनाएका छन् । चौधरीले भने, ‘अहिले कारागार चलान गरे पनि आगामी दिनमा अदालतले मलाई न्याय दिनेछ भन्ने विश्वास लिएको छु ।’

कारागार चलानको आदेशले भारी मतले विजयी सांसदको विश्वास नगरेजस्तो देखिएको उनको भनाइ थियो । प्रतिनिधिसभा निर्वाचित सदस्य चौधरीले भने, ‘अदालतको आदेश पूर्वाग्रही भयो भन्दिनँ तर, साढे ३४ हजार जनमतले विजयी भएको सांसदलाई विश्वास नगरेजस्तो देखियो । भाग्ने भए अदालतमै उपस्थित हुने थिइनँ ।’

salt training

कमेन्ट गर्नुहोस्