
काठमाडौं, १५ फागुन- सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्रीले आफ्ना डिलरहरुलाई सम्मान गरेको छ । कम्पनीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७÷०१८ को आयोजना गरी उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरेको हो ।
जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, बिराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो र गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको थियो ।
साथै नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री टे«डर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो ।