३१ जेठ २०८३, आइतबार

श्रीदेवीको हत्या गरिएको सुब्रहमण्यम स्वामीको आशंका

फागुन १५, २०७४
श्रीदेवीको हत्या गरिएको सुब्रहमण्यम स्वामीको आशंका

काठमाडौं, १५ फागुन — प्रसिद्ध अभिनेत्री श्रीदेवीको मृत्युका विषयमा भाजपा सांसद सुब्रहमण्यम स्वामीले अचम्मको बयान दिएका छन् । उनले श्रीदेवीको हत्या गरिएको आशंका गरेका छन् । 

बाथटबमा डुबेर श्रीदेवीको मृत्यु हुन नसक्ने उनको भनाइ छ । स्वामीले अन्डरवर्ल्ड डन दाउद इब्राहिमको पनि उल्लेख गर्दै अभिनेत्रीहरूले दाउदसँग गैरकानूनी सम्बन्ध राखेको विषयमा ध्यान दिनु आवश्यक रहेको पनि बताए । 

तर दुबई प्रहरी र दुबई पब्लिक प्रोसिक्युसनले यस विषयमा षड्यन्त्रको पुष्टि गरेको छैन । पब्लिक प्रोसिक्युसनले यस विषयमा जाँच गरिरहेको छ तर दुबई प्रहरीले क्लीचचिट दिएको छ । 

दुबई प्रहरीले आफ्नो रिपोर्टमा बताएअनुसार, श्रीदेवी बेहोश भएर बाथटबमा लडिन् र पानीमा डुबेर उनको मृत्यु भयो । तर स्वामीको दाबीले यस कथामा ट्विस्ट ल्याइदिएको छ । 

सुब्रहमण्यम स्वामीले नै शशि थरूरकी पत्नी सुनन्दा पुष्करको हत्याको आशंका गर्दै अदालतको ढोका ढक्ढक्याएका थिए । पुष्कर मुद्दामा अनुसन्धान जारी छ । 

स्वामीले मिडियामा श्रीदेवीको मृत्युका सम्बन्धमा अनेकथरी कुरा आउनु शंकास्पद भएको बताए । उनको शरीरमा रक्सीको मात्रा भेटियो भनेपनि श्रदिेवीले कहिल्यै रक्सी नपिउने गरेको स्वामी बताउँछन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्