
काठमाडौं, १५ फागुन — दक्षिण कोरियाको प्योङचाङमा हुने शीतकालीन प्यारालम्पिक (अपांगहरूको ओलम्पिक) मा उत्तर कोरियाले भाग लिने बताइएको छ ।
दुई देशले उत्तर कोरियाको संलग्नताका बारेमा सीमावर्ती गाउँ पान्मुन्जोममा कुराकानी गरिरहेका छन् ।
उत्तरले शीतकालीन ओलम्पिकमा भाग लिएपछि यो निर्णय आएको हो । ओलम्पिकलाई सफल कूटनीतिका रूपमा हेरिएको छ । यसबाट दुई देशबीच न्यानोपन देखियो ।
तर अमेरिका र जापान जस्ता देश अझै पनि आणविक हतियारयुक्त उत्तर कोरियाको नियतमा शंका गर्छन् ।
सबै कुरा मिलेमा शीतकालीन प्यारालम्पिकमा भाग लिने पहिलो उत्तर कोरियाली प्रतिनिधिमण्डल हुनेछ ।
खेलमा भाग लिनका लागि जम्मा दुई खेलाडीहलाई निमन्त्रण गरिएको छ । खेल फागुन २५ देखि चैत ४ गतेसम्म हुनेछ ।
तर उत्तर कोरियाले अघिल्लो महीना चीयरलीडर्स र सपोर्ट स्टाफसहितका १५० सदस्यीय प्रतिनिधिमण्डल पठाउने सहमति जनाएको थियो ।
बीबीसीबाट