२२ असार २०८३, सोमबार

धादिङमा कपडा पेल्ने मेसिन पड्किँदा २ जनाको मृत्यु

फागुन १५, २०७४
धादिङमा कपडा पेल्ने मेसिन पड्किँदा २ जनाको मृत्यु

धादिङ, १५ फागुन-धादिङको बेनिघाट रोराङ गाउँपालिका- ३ रिचोकटारमा मंगलबार कपडा पेल्ने मेसिन पड्किँदा दुईजनाको मृत्यु भएको छ । 

मर्मत गर्न लागिएको अवस्थामा मेसिन विष्फोट हुँदा भारत मोतिहारीका ५० वर्षीय अब्दुल जलील अन्सारी र १८ वर्षीय मन्टु अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए ।

अब्दुलको घटनास्थलमै र अन्सारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्