०१ असार २०८३, सोमबार

सर्वोच्चमा डा. केसीको यस्तो निवेदन

फागुन १६, २०७४
सर्वोच्चमा डा. केसीको यस्तो निवेदन

काठमाडौँ, १६ फागुन -  नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको प्रमाणपत्र माग गर्दै सर्वाेच्च अदालतमा मंगलबार निवेदन दिएका छन्, कान्तिपुरमा खबर छ ।

सर्वाेच्चको नियमावली २०७४ अनुसार सार्वजनिक सरोकारको मुद्दा दायर गर्नुपूर्व विवाद समाधानका लागि पहिले सम्बन्धित पदाधिकारीलाई नै निवेदन दिनुपर्ने व्यवस्था छ । यसरी निवेदन दिँदा विवाद समाधान नभए मात्र सर्वाेच्चमा रिट हाल्न पाइने प्रावधानको सम्मान गर्दै डा. केसी, उनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र उनको अभियानका सहयोगी प्रितम सुवेदीले संयुक्त रूपमा पराजुलीको शैक्षिक योग्यताको सम्बन्धमा उठेका प्रश्नहरूको निवारणका लागि प्रमाण माग गरेका हुन् ।

‘हामीले पराजुलीको सचिवालयमा निवेदन लगेर दिएका छौं, त्योअनुसारको प्रमाण दिइएन भने उहाँविरुद्ध मुद्दामा जाने बाटो संविधानले नै सुरक्षित गरेको छँदै छ,’ अधिवक्ता अर्यालले भने, ‘उहाँले देखाएका हालसम्मका प्रमाणपत्रले उहाँले प्रवेशिका उत्तीर्ण नगरेको ठहर्छ, गरेको हो भने त्यसको प्रमाण उहाँले सार्वजनिक रूपमा पेस गर्न सक्नुपर्छ । नत्र भने न्यायाधीशका रूपमा उहाँको नामअभिलेखमै रहनेछैन ।’

salt training

कमेन्ट गर्नुहोस्