
कपिलवस्तु, १६ फागुन– नेपाल कम्युनिष्ट पार्टीका महासविच नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
कपिलवस्तुमा रहृेको विप्लवको घरमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ पुर्जी टाँस गरेको छ ।
जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले विप्लवको घरमा पक्राउ पुर्जी टाँसिएको बताए ।
भोजपुर जिल्ला अदालतले विस्फोटक पदार्थ र ज्यान मार्ने उद्यत्तग मुद्दामा उपस्थित गराउन पत्राचार गरेकापछि विप्लबलाई पक्राउ पुर्जी जारी गरिएको ज्ञवालीले बताए ।
नेकपा पोलिटव्यूरो सदस्य भरत बलमे विप्लवको घरमा पक्राउ पुजी टाँस भएको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
सोमबारमात्र गृहमन्त्री माओवादी केन्द्रका नेता रामबहादुर थापा गृहमन्त्री नियुक्त भएपछि विप्लवमाथि पक्राउ पुर्जी जारी भएको छ ।