पतिका लागि १५ लाखको पलङ ! नआत्तिनुहोला यो भएकै घटना हो । ओमनाका लागि राजदूत भएर अहिले मस्कटमा कार्यभार सम्हालिरहेकी म्यानपावरवाली शर्मिला पराजुली ढकालले पति विमलको रोजाइको कदर गर्दै नयाँ घरभाडाबापत डेढ करोड अग्रिम पेश्की लिइन् ।
उता जापानस्थित राजदूत प्रतिभा राणाले पनि पति विनोदको निम्ति १५ लाखको पलङ किनिन् । त्यही बिलको भुक्तानीका लागि एक जना अर्थ मन्त्रालय पुगेर बबाल मचाइन् भने अर्कीले छोरी ज्वाईँ आरजु र शेरबहादुरमाफर्त भिटो लगाइन् ।
त्यत्रो पैसा पर्ने घर र पलङको मज्जा–नमज्जा के छ, सुत्नेले नै जान्लान् । तर, त्यो घर पलङले अर्थमन्त्रालयको बजेट महाशाखामा तहल्कै मच्चाएको छ । अर्थविद् डा. युवराज खतिवडा सोमबार साँझ मन्त्रीको रुपमा बहाली भएका छन् । सम्भवतः पलङको बिल हेर्न भ्याएका छैनन् ।
तर, बजेट महाशाखाका कर्मचारीले डाक्टर साब मन्त्री हुनु केही हप्ताअघि धम्कि खाइकसेका छन्, ‘नयाँ मन्त्री आएपछि हेरौंला !’ पोहोर केपी ओलीको जन्मदिन पारेर मस्कटबाट काठमाडौं उत्रिएकी शर्मिला एयरपोर्टबाट सोझै बालकोट पुगिन् र शुभकामना टक्र्याइन् भन्ने सूचना वैदेशिक सहायता महाशाखाका ती हाकिमसँग रहेछ । जनआस्थामा समाचार छ ।
त्यसैले मस्कटबाट बर्थडे मनाउन काठमाडौं आइपुग्नेले बिताइहाल्छिन् कि भन्ने डर कर्मचारीमा छ ।