०९ असार २०८३, मंगलबार

पत्नी भ्रटाचारविरुद्ध सडकमा कराउने, पतिलाई भ्रष्टाचार गर्न भ्याइनभ्याई !

फागुन १६, २०७४
पत्नी भ्रटाचारविरुद्ध सडकमा कराउने, पतिलाई भ्रष्टाचार गर्न भ्याइनभ्याई !

काठमाडौं, भ्रष्टाचारीलाई कारबाही गर भन्दै रवीन्द्र मिश्रहरुसँग काँधमा काँध मिलाई श्रीमती सडकमा नारा लगाउने अनि श्रीमान चाँही त्यहीबेला भ्रष्टाचारी ठहरिएर जेल जाने । 

सम्भवत : यस्तो घटना संसारमा कही कतै देख्न पाइँदैन । तर, नेपाल न हो, यहाँ नहुने के छ र ? प्रसंग नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी निर्देशक सुवास निरोला र श्रीमतीको हो । निरौलालाई भ्रष्टाचार गरेको प्रमाणसहित विशेष अदालतले ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवानासहित ७ वर्ष जेल सजाय तोकेको छ । 

गजब के भने विशेष अदालतबाट भ्रष्टाचारमा डामिएका सुवाषकी श्रीमती संगीता भने भ्रष्टाचार विरोधी अभियन्ता हुन् । सोसल वेलफेयर एजेन्सी एण्ड ट्रेनिङ इन्स्टिच्यूट(स्वाती) की संस्थापक उनले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल लगायत संस्थाहरुसँग मिलेर भ्रष्ट्रचार समबन्धि थुप्रै प्रोजेक्ट चलाएकी थिइन् ।

खासगरी महिलाको क्षेत्रमा काम गर्ने भनेर स्थापना गरिएपनि स्वातीले डोनर फेला पारेपछि भ्रष्टाचार विरुद्ध काम गर्न चलेको आजको जनआस्थामा समाचार छ । 
 

salt training

कमेन्ट गर्नुहोस्