१६ असार २०८३, मंगलबार

नेप्सेमा दोहोरो अंकको गिरावट

फागुन १६, २०७४
नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, १६ फागुन- सेयर बजार परिसुचक नेप्सेमा बिहिबार दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक १८ दशमलव ८२ अंकले गिरावट आएको हो । कारोबारको पहिलो घण्टा सामान्य देखिएका बिहिबार घटेर १३४५ दशमलव ९९ अंकमा ओर्लिएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ७८ अंकले घटेर २८५ दशमलव ३८ अंकमा झरेको छ । 
बिहिबार बजार १३४५ दशमलव ९९ अंकमा बन्द भएको छ । सूचकमा गिरावट देखिएपनि कारोबार रकममा सुधार देखिएको छ । बुधबार १ सय ६० कम्पनीका १३ लाख ३७ हजार कित्ता शेयर ५४ करोड ३४ लाख रुपैयाँमा खरिद बिक्री भयो । बुधबार सबैभन्दा बढी प्रभु बैंकको ६ करोड रुपैयाँको शेयर कारोबार भयो ।

कारोबारमा आएका सबै उपसूचक घटेका छन् । बैंक १४ दशमलव २९, ट्रेडिङ ६ दशमलव ४२, होटल २८, विकास बैंक १८.४६, जलविद्युत २८.७८, फाइनान्स ९ दशमलव ३७, बीमा १५१ दशमलव २२, उत्पादनमुलक ४ दशकलव ६६, अन्य १० दशमलव १५ र लघुवित्त २२ दशमलव ५३ अंकले घटेका छन् । सुर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी करिब ३ दशमलव ९९ प्रतिशत कमाएका छन् । सिभिल लघुवित्त वित्तीय संस्थाका शेयर धनीले सबैभन्दा बढी ५.८४ प्रतिशत गुमाएका छन् ।   
 

salt training

कमेन्ट गर्नुहोस्