२६ जेठ २०८३, मंगलबार

फेसबुकबाट गाली गर्ने ‘श्री ५ भण्डारी सरकार’ प्रहरीको नियन्त्रणमा

फागुन १६, २०७४
फेसबुकबाट गाली गर्ने ‘श्री ५ भण्डारी सरकार’ प्रहरीको नियन्त्रणमा

दाङ, १६ फागुन– सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको छ । 

'श्री ५ भण्डारी सरकार'को नामबाट फेसबुक खोली विभिन्न व्यक्तिको चरित्र हत्या हुने गरी गलत स्टाटस लेखेको भन्दै तुलसीपुर उपमहानगरपालिका– १ का आकाश भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । 

तुलसीपुरमा सामाजिक सञ्जालमार्फत गलत कुरा प्रवाह गरेको अभियोगमा युवकलाई पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्