१० असार २०८३, बुधबार

संसदमा बोल्ने कि नबोल्ने भन्ने टुंगो लागेन

फागुन १७, २०७४
संसदमा बोल्ने कि नबोल्ने भन्ने टुंगो लागेन

काठमाडौं, १७ फागुन - संसदको पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा दलका नेताहरुले बोल्ने कि नबोल्ने भन्ने टुंगो लागेको छैन । 


संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका नेतासँग संसद बैठक सञ्चालनका सम्बन्धमा छलफल गरेको थियो ।

संसद सचिवालयका सहसचिव सुरजकुमार दुराले दलका नेता र सचिवालयबीच बैठक सञ्चालनसहित सचिवालयले तयार पारेको कार्यविधिका बारेमा जानकारी दिने र नेताहरुको धारणा सुनिएको बताए ।

दुराले भने, संसदको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा सामान्य छलफल भयो, अर्को बैठक आगामी २० गते (आइतबार) बसेर अन्य प्रक्रियाका बारेमा बाँकी निर्णय गर्नेछ, नेपाल समाचारपत्रमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्