१३ असार २०८३, शनिबार

श्रीदेवीका पतिले भने– उनको मृत्यु अघि यस्तो भएको थियो

फागुन २०, २०७४
श्रीदेवीका पतिले भने– उनको मृत्यु अघि यस्तो भएको थियो

दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरले २४ फेब्रुअरीको रातको केही घटनाक्रम सार्वजनिक गरेका छन् । 

२४ फेब्रुअरीमा नै श्रीदेवीको दुबईको एक होटलको कोठामा बाथ टवमा डुवेका कारण मृत्यु भएको थियो । 

बोनी कपूरले बताएका छन् कि उनी आफ्नी पत्नीलाई सरप्राइज दिन अचानक दुबई पुगेका थिए । कसरी उनीहरु गला मिलेका थिए र एक अर्कालाई चुमेका थिए । र कसरी दुई घन्टापछि श्रीदेवी पानीमा भरिएको बाथटवमा फेला परेकी थिइन् । 

बोनी कपुरले आफ्ना तीस वर्ष पुराना साथी ट्रेड एनालिस्ट कोमल नाहटासँगको कुराकानीमा २४ फेब्रुअरीको साँझका बारेमा बताएका छन् । 

कोमल नाहटाले यो कुराकानीलाई आफ्नो व्लगमा प्रकाशित गरेका छन्  । 

बोनीले नाहटालाई बताए अनुसार २४ वर्षमा मात्र दुईपटक दुई पति पत्नीसँगै विदेश गएनन् । तर श्रीसँग आफ्नो साथीको पत्नी हुने गरेकी थिइन् । दुबई एकमात्र यस्तो विदेशी यात्रा थियो जहाँ श्रीदेवी दुई दिन सम्म(२२ र २३ फेब्रुअरी) एक्लै बसिन् । 

बोनी, श्रीदेवी तथा खुशी एक पारिवारिक विवाह समारोहका लागि दुबई गएका थिए । जुन २० फेब्रुअरीमा सम्पन्न भएको थियो । बोनीको लखनउमा एक महत्वपूर्ण बैठक थियो जसका कारण उनी भारत फर्किएका थिए । श्रीदेवी दुबईमा नै बस्नु थियो किनकी उनलाई जाह्नवीका लागि शपिङ गर्नु थियो । 

नाहटाले लेखेका छन्,‘जाह्नवीको शपिङ लिस्ट श्रीदेवीको फोनमा थियो । तर उनी २१ फेब्रुअरीमा शपिङ गर्न जान सकिनन् किनकी उनको फोन रस अल आइमाहमा छुटेको थियो । दिनको धेरैजसो समय उनले होटलमा नै विताइन् । 

बोनीले नाहटालाई बताए,‘२४ फेब्रुअरी विहान मेरो श्रीसँग कुरा भयो । जब उनले भनिन्, पापा(श्रीदेवी बोनीलाई पापा भन्थिइन् ) म तपाइलाई निकै मिस गरिरहेको छु ।’
तर मैले उसलाई बताइन कि म उनलाई भेट्न साँझ दुबै आउँदैछु भनेर । 

जाह्नवी पनि चाहन्थिन् कि म दुबई जाउँ किनी उसलाई डर थियो कि उसकी आमा जसलाई एक्लै बस्ने बानी थिएन । आफ्नो पासपोर्ट या महत्वपूर्ण सामाग्री हराउन सक्थिन् । 

नाहटाले लेखेका छन् कि बोनीले आफ्नो ‘ज्यान’ तथा दुई बच्चि, जाह्नवी तथा खुशीकी आमा श्रीदेवीलाई दुबईको जुमेराह एमिरेट्स टावर्स होटल पुगेर सरप्राइज दिएका थिए । 

बोनीले होटलबाट डुप्लिकेट साचो लिएर श्रीदेवीको कोठा खोलेका थिए । नाहटा ले बोनीको भनाइ उल्लेख गर्दै लेखेका छन्,‘दुवै जना प्रेमिसँग जस्तै गरि गला मिले ।’ श्रीदेवीले बोनीलाई भनेकी थिइन् कि उनलाई अनुमान थियो कि आफूलाई भेट्न बोनी दुबई आउने छन् । त्यसपछि बोनीसँग अगालो मारिन्, चुमिन् र आधा घण्टा कुराकानी भयो । 

यसपछि बोनी फ्रेस हुनका लागि गए । बाथरुमबाट बाहिर आएर उनले प्रस्ताव गरेकी दुवैजना रोमान्टिक डिनरमा जानका लागि । 

उनले श्रीदेवीसँग निवेदन गरेकी अर्को दिनको सपिङ रद्द गर्न । भारत फिर्ता आउने टिकट पनि साट्नु थियो किनकी २५ तारिखको राति भारत फर्कने तय भएको थियो । श्रीदेवी अब रिल्याक्स गर्ने मुडमा थिइन् । रोमान्टिक डिनरका लागि तयार हुनका लागि उनी नुहाउन गइन् । 

बोनीले नाहटालाई बताए‘म लिविङ रुममा गए जबकी श्रीदेवी मास्टर बाथरुममा नुहाउन र तयार हुनका लागि गइन् ।’

लिविङ रुपममा बोनी दक्षिण अफ्रीका र भारतबीचको क्रिकेट अपडेट लिनका लागि टिभी च्यानल बदल्न लागे । 

फेरि त्यहाँ पाकिस्तान सुपर लिगको एक म्याचको हाइलाइट् हेर्न थाले । उनले १५–२० मिनेट सम्म खेल हेरे । तर फेरि उनलाई लाग्यो शनिवार त सवै रेस्टुरेन्टहरुमा भीड लाग्छ होला । 

तब करिब आठ बजे बोनीले श्रीदेवीलाई लिविङ रुमबाट नै बोलाए । उनले दुईपटक बोलाए । फेरी उनले टिभीको आवाज सानो पारे । तर पनि आवाज सुनेनन् । फेरि उनी बेडरुम गए । बाथरुमको ढोका ढकढकपारे र फेरि उनले आवाज दिए । भित्र बाट पानीको टव खुल्ला भएका आवाज आएको सुनिएको थियो । उनले फेरि बोलाए,‘जान, जान’

कयौं पटक बोलाउदा पनि आवाज नआएपछि घबराहटमा परेका बोनीले धक्का दिएर ढोका खोले । ढोका भित्रबाट बन्द थिएन । बोनी थोरै डराएका थिए । तर जो दृश्य उनको आखाको आगाडि आउनेवाला थियो त्यसका लागि उनी तयार थिएनन् । बाथटव पानीले पूरै भरिएको थियो र श्रीदेवी त्यसमा पूरै डेबेकी थिइन् । शिरदेखि लिएर अमुलासम्म । बोनीले उनलाई हल्लाए तर उनको शरीरमा कुनै हलचल थिएन । 

नाहटाले लेखेका छन्,‘जे भयो, त्यसका लागि कोही पनि तयार थिएनन् । उनी पहिला डुविन र बेहोस भइन् या बेहोश भएर डुविन् शायद कसैलाई यो थाहा हुने छैन । बाथटबबाट थोरै  पनि पानी बाहिर आएको थिएन । श्रीदेवीले शायद एक मिनेटका लागि पनि संघर्ष गर्नका लागि समय पाइन् किनी यदी उनले डुव्न लागेको बेला आफ्नो हातपाउ हल्लाएको भए त थोरै पानी टब बाट बाहिर निस्कन्थ्यो । तर भुइमा पानी थिएन ।’

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्